कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुई महिनामा ६८ करोडको अलैंची निर्यात

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो । जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम हो । 

दुई महिनामा ६८ करोडको अलैंची निर्यात

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ९१ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ११ लाख २५ हजार ९५० किलो अलैंची निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् । तर पहिलो दुई महिना भारतमा मात्रै निर्यात भएको छ ।

गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो । भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?