मार्गदर्शन पालना नगरी कर्जा नवीकरण गरे शत प्रतिशत नोक्सानी व्यवस्था  

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पालना नगरी कर्जा प्रवाह गरेको अवस्थामा बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंक (निफ्रा)ले उक्त कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन ०७८ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

मार्गदर्शन पालना नगरी कर्जा नवीकरण गरे शत प्रतिशत नोक्सानी व्यवस्था  

‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ,’ राष्ट्र बैंकले भनेको छ, ‘मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले आफ्ना ग्राहकका लागि लगानी गर्ने परियोजना सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जा २०७९ कात्तिक १ देखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ बमोजिम प्रवाह गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?