१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कच्चा तेल उत्पादनमा थप कटौती गरिने   

एजेन्सी

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई स्थिरता कायम गर्न उत्पादनमा थप कटौती गरिने भएको छ । तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले कटौती हुने तेलको परिमाण तय गरिनसके पनि प्रतिदिन ५ लाखदेखि १० लाख ब्यारेलसम्म कटौती गर्ने तयारी भएको रोयटर्सले उल्लेख गरेको छ ।

कच्चा तेल उत्पादनमा थप कटौती गरिने   

ओपेक प्लसअन्तर्गत प्रमुख उत्पादक मुलुकहरु बजारले मूल्यमा समर्थन गर्नेगरी पहिले नै उत्पादन कटौती गर्न सहमत जनाइसकेका छन् । ‘सम्भवत: आउने साता नै तेल कटौतीको सम्बन्धमा केही स्पष्टता हुनेछ’ ओपेक प्लस स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ । पछिल्लो समय कच्चा तेलको मूल्य घटेपछि यसलाई स्थिरता राख्न ओपेक प्लसलाई चुनौती थपिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्ने क्रम जारी छ । हाल अन्तर्राष्ट्रिय बजारमा डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९ डलर हाराहारीमा झरेको छ भने ब्रेन्टको ८५ र मुर्बानको ८६ डलर हाराहारीमा झरेको छ । कच्चा तेलको मूल्य घट्दा नेपालजस्तो आयातमा निर्भर मुलुकलाई भने आर्थिक लाभ मिल्न जान्छ ।


प्रकाशित : आश्विन १५, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?