कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दसैंमा घर जाने यात्रुले कति तिर्नुपर्छ बस भाडा ? (सूचीसहित) 

यात्रुबाट बढी भाडा लिने ६१ जना कारबाहीमा 
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं मनाउनका लागि पछिल्ला दिन उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका स्थानमा घर जाने यात्रुहरुको भीड लाग्ने गरेको छ । कतिपय यात्रुले बसको टिकट नपाएको गुनासो गरेका छन् । यातायात व्यवस्था विभागले भने सार्वजनिक गाडीलाई व्यवस्थापन गर्ने कार्य भइरहेको जनाएको छ ।

दसैंमा घर जाने यात्रुले कति तिर्नुपर्छ बस भाडा ? (सूचीसहित) 

विभागका महानिर्देशक टोकराज पाण्डेले भने ‘काठमाडौं उपत्यकामा चल्ने गाडीलाई पूर्वपश्चिम जता गए पनि रुट परमिट खुल्ला गरिएको छ, टाढा जाने यात्रुका लागि गाडी अपुग भएको हो, व्यवस्थापन भइरहेको छ ।’ उनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गरिएको दाबी गरे । कतिपय टिकट काउन्टरमा बढी भाडा लिएको गुनासो आएको उनले बताए । आफ्नो गन्तव्यमा जाने भाडाबारे यात्रु पनि सचेत भएमा ठगीका घटना न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ छ ।

‘कुनै पनि सवारीले तोकेको भन्दा बढी भाडा लिन पाउने छैनन,’ उनले भने, ‘यदी बढी भाडा लिएको पाइए यात्रुले तुरुन्तसहायता कक्षमा गएर जानकारी गराउन आग्रह गर्दछौं ।’ परिचयपत्र लगाएका कर्मचारीबाट टिकट लिन उनले आग्रह गरे । ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि बिहीबार साँझसम्म सार्वजनिक सवारीमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या २ लाख ६९ हजार ४२८ पुगेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले आइतबारसम्म धेरै यात्रु बाहिरिने अनुमान रहेको बताए । ‘सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘पूर्व जाने यात्रुको भिड बिहानै कोटेश्वरमा लाग्छ, पश्चिम जाने यात्रुको चाप साँझ कलंकी र नयाँबसपार्कमा बढी हुने गर्छ’ उनले भने । यात्रुसँग बढी भाडा लिने ६१ जनालाई कारबाही गरिएको विष्टले जानकारी दिए ।

विभागले गत असार २७ गते निर्धारण गरेको सार्वजनिक सवारीसाधनको बस भाडा नै हाल लागू भएको विभागले जनाएको छ । सोही भाडादरमा नै यात्रुले दसैंमा यात्रा गर्न सक्नेछन् । कहाँ जान कति तिर्नुपर्छ बस भाडा ?

प्रकाशित : आश्विन १४, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?