नेप्सेको वृद्धिदर र कारोबार रकम दुबै खुम्चियो

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार करिब १२ हजार कारोबारबाट १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४६ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेको वृद्धिदर र कारोबार रकम दुबै खुम्चियो

बुधबार सेयर बजारमा नेप्सेको वृद्धिदर र कारोबार रकम दुबै खुम्चिएका छन् । उक्त दिन सेयर कारोबार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १ हजार ८ सय ३७.४६ अंकमा पुगेको छ । मंगलबार नेप्से करिब १६ अंकले बढेको थियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि ओरोला लाग्न थालेको नेप्से मंगलबार १५.९२ अंकले बढे पनि बुधबार वृद्धिदर घटेको हो । बुधबार व्यापार, वित्त कम्पनी, अन्य र सामुहिक लगानी कोष उपसमूहको परिसूचक बढे भने बाँकीको घटे ।

मंगलबार २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका कम्पनीमध्ये १ सय कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

प्रकाशित : आश्विन १२, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?