कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य

व्यापारीको भन्दा खाद्यका खसीबोका ४० रुपैयाँ र च्याङग्रा ५० रुपैयाँ सस्ता
कान्तिपुर संवाददाता

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ ।

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य

कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । ‘चाडबाडमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारको निर्णय नै हो,’ थापाले भने, ‘खाद्यले निर्धारण गरेको मूल्यमा थप १० रुपैयाँ छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।’

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ । दसैंका लागि खाद्य कम्पनीसँगै व्यावसायिक संघ/संस्थाले पनि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेका छन् । कम्पनीले दार्चुला, मकवानपुर लगायत स्थानबाट खसीबोका, च्याङ्ग्रा भित्र्याइरहेको छ भने व्यावसायिहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् ।

प्रकाशित : आश्विन ११, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?