पर्यटन उद्योगको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने परिसंघको भनाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत पर्यटन पनि भएकाले थप विदेशी मुद्रा भित्र्याउन पर्यटन उद्योगको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिनुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले  बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा परिसंघले आयोजना गरेको कार्यक्रममा उनले रोजगारीका लागि विदेसिन बाध्य जनशक्तिलाई नेपालमै राम्रो आयसहितको रोजगारी दिलाउन पर्यटन क्षेत्रको विकास महत्त्वपूर्ण हुने भनाइ राखेका थिए ।

पर्यटन उद्योगको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने परिसंघको भनाइ

कार्यक्रममा नेपालको कला संस्कृतिलगायत नयाँ पर्यटकीय सम्भावनाहरू उजागर गर्ने विषयमा वक्ताहरूले धारणा व्यक्त गरेका थिए ।

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड-१९ को असरबाट बिस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्‍याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए ।

यो वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिजम’ रहेको छ । यसै सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशासम्बन्धी योजना परिसंघका महानिर्देशक दीपकराज जोशीले प्रस्तुत गरेका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?