कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कच्चा सुनको आपूर्ती बढाउन व्यवसायीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजारमा सुन अभाव भएपछि महासंघका प्रतिनिधीहरूले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग आपूर्ति बढाइदिन माग गरेका हुन् ।

कच्चा सुनको आपूर्ती बढाउन व्यवसायीको माग

महासंघका अनुसार विगतका वर्षमा सिजनमा सुन आयातको कोटा २५ किलो हुन्थ्यो । तर, अहिले दैनिक कोटा १० किलो मात्रै छ । ‘चाडबाडको समय र मुख्यगरी दसैं-तिहार सुन बिक्री हुने सिजन हो,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘माग बढे पनि दैनिक आयात कोटा १० किलो मात्रै छ । सुन अभाव हुँदा उपभोक्ताको मागअनुसार उपलब्ध गराउन सकेका छैनौं । पुरानो गहना (फिर्ता आएको गहना)बाट जसोतसो धानिरहेका छौं ।’

अध्यक्ष शाक्यको नेतृत्वमा गएका प्रतिनिधीलाई सल्लाहकार सुवेदीले सम्बन्धित निकायमार्फत पहलकदमी गर्ने आश्वासन दिएको महासंघले विज्ञप्ती मार्फत जनाएको छ । हाल दसैंको चहलपहल बढेकाले सुनको माग बढिरहेको व्यवसायीहरू बताउँछन् । म‌ंगलबार सुनचाँदीको मूल्य घटेको महास‌ंघले जनाएको छ । छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १५० रुपैयाँ प्रतितोला तेकिएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?