कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झण्डै १६ अंकले बढ्यो नेप्से, ६६ करोडको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब १६ अंकले बढेको छ ।

झण्डै १६ अंकले बढ्यो नेप्से, ६६ करोडको सेयर कारोबार

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि ओरोला लाग्न थालेको नेप्से मंगलबार १५.९२ अंकले बढेर १ हजार ८ सय ३१.०५ विन्दुमा पुगेको हो । सो दिन कारोबारमा आएकामध्ये होटेल एन्ड टुरिजम र सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

मंगलबार २ सय २९ कम्पनीको २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भएको छ । ती किनबेचबाट ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार १ अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका कम्पनीमध्ये १ सय ५२ कम्पनीको सेयर मूल्य बढ्यो २७ वटाको घट्यो र बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

प्रकाशित : आश्विन ११, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?