१३८ स्थानीय तहले पाउने भए झण्डै ८५ करोड विद्युत् रोयल्टी

सबैभन्दा धेरै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले ९ करोड ६४ लाख पाउने 
कान्तिपुर संवाददाता

काठमाडौँ — यसवर्ष देशभरका १३८ स्थानीय तहले विद्युत् रोयल्टीमार्फत् करिब ८५ करोड रुपैयाँ आर्जन गर्ने अनुमान गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक स्रोतबाट संकलित रोयल्टीका आधारमा चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने अनुमानित रोयल्टी सार्वजनिक गरेको हो । 

१३८ स्थानीय तहले पाउने भए झण्डै ८५ करोड विद्युत् रोयल्टी

जसअनुसार मधेश प्रदेशबाहेक सबै प्रदेशबाट कुल ८४ करोड ७५ लाख रुपैयाँ बराबर रोयल्टी प्राप्त हुनेछ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशले सबैभन्दा धेरै ३६ करोड ५६ लाख रुपैयाँ बराबर रोयल्टी पाउने देखिन्छ । त्यस्तै, प्रदेश १ ले ६ करोड ५४ लाख २२ हजार, गण्डकी प्रदेशले ३२ करोड ८३ लाख ३९ हजार, लुम्बिनी प्रदेशले ७ करोड ८६ लाख २६ हजार, कर्णाली प्रदेशले १४ लाख र सुदूरपश्चिम प्रदेशले ८० लाख ८९ हजार रुपैयाँ बराबर विद्युत् रोयल्टी पाउनेछन् ।

वित्त आयोगको विवरण अनुसार सबैभन्दा धेरै विद्युत् रोयल्टी पाउने पालिका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका हो । उक्त पालिकाले चालु वर्षमा ९ करोड ६४ लाख ४ हजार रुपैयाँ विद्युत् रोयल्टी पाउनेछ । त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ७ करोड ९८ लाख १४ हजार रुपैयाँ रोयल्टी पाउनेछ । आयोगका अनुसार ताप्लेजुङको पाथिभरा याङ्वराङ गाउँपालिकाले २९ लाख १९ हजार ६०६, सिरीजङ्घा गाउँपालिकाले २ लाख ६१ हजार र सिदिङ्गवा गाउँपालिकाले ११ लाख ५५ हजार २१८ रुपैयाँ विद्युत् रोयल्टीका रूपमा पाउनेछ । संखुवासभाको सभापोखरी गाउँपालिकाले ५ लाख ५३ हजार रोयल्टी पाउनेछ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले ४० लाख ९१ हजार ९२० र लिखुपिके गाउँपालिकाले ३७ लाख ६८ हजार रुपैयाँ रोयल्टी पाउने देखिन्छ ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले १३ लाख १४ हजार २१०, खिजीदेम्बा गाउँपालिकाले ६४ लाख ९० हजार र लिखु गाउँपालिकाले ६ लाख २९ हजार ४३० रुपैयाँ विद्युत् रोयल्टी पाउने छन् । खोटाङको केपिलासगढी गाउँपालिकाले ४ लाख ५० हजार ६ सय ६४ र ऐसेलुखर्क गाउँपालिकाले ५१ हजार ६२८ रुपैयाँ रोयल्टी पाउने देखिन्छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले २ लाख ६५ हजार ८ सय, रामप्रसाद राई गाउँपालिकाले ४ लाख १३ हजार ५३४ र भोजपुर नगरपालिकाले १० लाख १५ हजार ८ सय रुपैयाँ विद्युत् रोयल्टी पाउने भएको छ । तेह्रथुमको फेदाप गाउँपालिकाले २ लाख २८ हजार ९६४ र मेन्छयायेम गाउँपालिकाले ४ लाख ४९ हजार ६४८ रुपैयाँ विद्युत् रोयल्टी पाउनेछन् ।

पाँचथरका याङ्वरक गाउँपालिकाले ४४ लाख ९३ हजार ९३०, हिलिहाङ गाउँपालिकाले ३६ लाख ६७ हजार ७४८, फालेलुङ गाउँपालिकाले ३ लाख ६४ हजार ३५० र फिदिम नगरपालिकाले ५३ लाख ५० हजार ६३४ रुपैयाँ विद्युत् रोयल्टी पाउनेछन् । इलामकै माईजोगमाई गाउँपालिकाले २६ लाख ८० हजार ४१२, सन्दुकपुर पाउँपालिकाले ३६ लाख ४० हजार, इलाम नगरपालिकाले १ करोड १२ लाख २ हजार ७३०, देउमाई नगरपालिकाले ७ लाख ६७ हजार ४८८, माङसेबुङ गाउँपालिकाले २ लाख ८५ हजार ५२२, माई नगरपालिकाले ३३ लाख ९० हजार, र सूयोदय नगरपालिकाले ६ लाख ४२ हजार रुपैयाँ यस्तो रोयल्टी पाउनेछन् । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८ लाख ७७ हजार २०२ रुपैयाँ विद्युत् रोयल्टी पाउनेछ ।

उदयपुरको बेलका नगरपालिकाले ३ लाख ७६ हजार, दोलखाको गौरीशंकर गाउँपालिकाले १ करोड १६ लाख ८९ हजार १९६ र बिगु गाउँपालिकाले ३ करोड ८ लाख ८३ हजार ४७२ रुपैयाँ रोयल्टी पाउने भएका छन् । त्यस्तै कालिञ्चोक गाउँपालिकाले १३ लाख ३० हजार ४ सय र जिरी नगरपालिकाले ५ लाख ४२ हजार रुपैयाँ विद्युत् रोयल्टी पाउनेछन् । दोलखाकै कालिनञ्चोक गाउँपालिकाले १ करोड ८७ लाख १३ हजार, शैलुङ गाउँपालिकाले ३ लाख र भीमेश्वर नगरपालिकाले ५ लाख ३८ हजार २९८ रुपैयाँ विद्युत् रोयल्टी पाउने देखिन्छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ९ करोढ ६४ लाख, ४ हजार रुपैयाँ विद्युत् रोयल्टी पाउने देखिन्छ । जुगल गाउँपालिकाले ११ लाख ८१ हजार ५५०, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ३२ लाख ८१ हजार ८ सय, मेलम्ची नगरपालिकाले ३२ लाख ५९ हजार, इन्द्रावती गाउँपालिकाले ९४ हजार १७४, चौतारा साङ्गाचोकगढी नगरपालिकाले १ लाख ४९ हजार ५५०, बलेफी गाउँपालिकाले ३७ लाख ५१ हजार ९६४ पाउने भएका छन् । सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिकाले मात्रै विद्युत् रोयल्टी पाउने देखिँदैन ।

प्रकाशित : आश्विन १०, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?