२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ग्यास विक्रेता महासंघको अध्यक्षमा थापा

काठमाडौँ — ग्याँस बिक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । शनिबार भएको ९ औं साधारण सभाबाट थापा अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । यसअघि थापा दुई कार्याकाल वरिष्ठ उपाध्यक्ष थिए ।

ग्यास विक्रेता महासंघको अध्यक्षमा थापा

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार उनी अध्यक्ष बनेका हुन् । त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल, उपाध्यक्षमा नारायण पौडेल, रामप्रसाद ज्ञवाली, विमला श्रेष्ठ, देविलाल गैरे र गेहेन्द्रसाद रिजाल चयन भएका छन् । महासचिवमा लालबहादुर केसी, सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा रविन कार्की र सहकोषाध्यक्षमा राधिका महर्जन चयन भएका छन् । अध्यक्ष थापाले ग्याँस क्षेत्रलाई व्यवस्थित बनाउन एलपी ग्याँस विक्रेता प्रमाणीकरणामा जोड दिने बताए । ‘ग्याँस विक्रेता प्रमाणीकरणबिना ग्याँस क्षेत्र व्यवस्थित हुन सक्दैन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र एलपी ग्याँस उद्योग सघसँग सहकार्य गर्दै अभियानकै रूपमा अगाडी बढाउछौँ,’ थापाले भने ।

प्रकाशित : आश्विन ९, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?