२ महिनामा २ खर्ब ७३ अर्बको आयात, २८ अर्बको निर्यात 

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

२ महिनामा २ खर्ब ७३ अर्बको आयात, २८ अर्बको निर्यात 

अर्थात् २ महिना अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबर देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो २ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्ममा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । तर चालु आर्थिक वर्षमा त्यो घटेर ३ खर्ब २ अर्बमा खुम्चिएको छ ।

गत वर्षको पहिलो दुइ महिना अवधिमा चालु आर्थिक वर्षको सोही अवधिमा आायत १३.०१ प्रतिशत र निर्यात ३४.८८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि गत वर्षको तुलनामा ९.४५ प्रतिशतले घटेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।

प्रकाशित : आश्विन ९, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?