‘३२ वर्षसम्म हामी कसैैले पनि काम गर्ने इच्छाशक्ति देखाएनौं’

विराटनगर — गएको तीन दशकभन्दा बढी राज्यका सबै तह र तप्कामा रहेका पदाधिकारीहरुको काम गर्ने इच्छाशक्ति नहुँदा मुलुकको विकास हुन नसकेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् ।

‘३२ वर्षसम्म हामी कसैैले पनि काम गर्ने इच्छाशक्ति देखाएनौं’

कान्तिपुर दैनिकले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थनीतिका उल्झन’ विषयक सत्रमा उनले यस्तो बताएका हुन् ।

‘हामीले काम गरेनौं । सैद्धान्तिक रुपमा बहस मात्र गर्यौं । हामी वास्तवमा सबैले ३२ वर्षदेखि केही गरेकै छैनौं । काम गर्ने इच्छाशक्ति नै देखाएनौं,’ उनले भने, ‘यही कारण नेपालमा अपेक्षित वृद्धि हुन सकेन ।’

प्रकाशित : आश्विन ८, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?