१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पूर्वमा मात्रै विद्युत्‌मा ७ प्रतिशत लगानी छ : सुवर्णदास श्रेष्ठ 

विराटनगर — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष सुवर्णदास श्रेष्ठले देशकै तुलनामा पूर्वमा विद्युत्‌मा धेरै लगानी रहेको बताए । शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको चौथो सत्र ‘पूर्वको पौरख’ मा उनले देशभर विद्युत्‌मा ४ प्रतिशत लगानी हुँदा पूर्वमा मात्रै  ७ प्रतिशत लगानी रहेको बताए । 

पूर्वमा मात्रै विद्युत्‌मा ७ प्रतिशत लगानी छ : सुवर्णदास श्रेष्ठ 

‘ऊर्जा खपतको कुरा गर्दा पूर्वमा विद्युत्‌को स्टेक ७ प्रतिशत मात्रै रहेछ । बाँकी ९२ प्रतिशत बायोमास, पेट्रोलियम पदार्थको छ,’ उनले भने, ‘समग्रमा देशको विद्युत्‌को लगानी ४ प्रतिशत मात्रै छ । यसमा पनि पूर्व अगाडि नै छ ।’

पूर्वमा मात्रै २५ सय मेगावाट जलविद्युत् निर्माणाधीन अवस्थामा रहेको भन्दै उनले अझै त्यसमा विद्युत् प्राधिकरणले अगाडि बढाएका ठूला ठूला आयोजनाहरुको कुरा गर्न बाँकी रहेको बताए ।

‘समग्र देशकै दृष्टिकोणको कुरा गरिरहँदा प्रदेश १ साँच्चिकै पूर्वको उज्यालो सुरुवात गर्ने प्रदेशको रुपमा पाए,’ उनले भने, ‘सप्तकोसीदेखि अरुण, बरुण, लिखु, सुनकोसी, दूधकोसी जस्ता विशाल नदीहरु छन् । यदि ती नदीहरुबाट विद्युत् निकाल्न सक्यौं भने धेरै निकाल्न सक्छौं । ’

प्रदेश १ मा करिब ३४० मेगावाट बिजुली उत्पादन मध्ये ३०३ मेगावाट वास्तविक रुपमै सञ्चालन भइरहेको उनले बताए । ‘उद्योगसहित पूर्वमा करिब २८७ मेगावाट बत्ति खपत भएको पाए । अबको ३/४ वर्षमा करिब २५ सय मेगावाट निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘पूर्वमा निर्माणाधीन अवस्था, अध्ययनको अवस्था सबैलाई हेर्दा साढे ८ हजार मेगावाटको बत्ति अहिले विभिन्न चरणमा कामहरु भइरहेका छन् ।’

प्रकाशित : आश्विन ८, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?