काठमाडौं महानगरमा राजस्व संकलन वृद्धि

काठमाडौँ — काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्ष असोज ५ गतेसम्ममा महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

काठमाडौं महानगरमा राजस्व संकलन वृद्धि

नगर प्रमुख बालेन्द्र शाहको सचिवालयका अनुसार यस अवधिमा अघिल्लो आर्थिक वर्ष १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लोको तुलनामा ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो ।

महनगरले कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलनको मात्रामा वृद्धि भएको महानगरले बताएको छ । मेयर शाहले मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो, फन पार्कलगायतलाई चेतावनी दिँदै कर तिर्न पत्राचार गर्न लगाएका थिए । करको दायरामा आउन नमानेका संघ संस्थाले पनि यो वर्ष सम्पत्ति कर बुझाएका छन् । ती संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर महानगरलाई बुझाएका छन् ।

यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको अधिकारीले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?