कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चालु पुँजी कर्जासम्बन्धी मार्ग दर्शन सच्याउन राष्ट्र बैंकलाई चेम्बरको पुनः आग्रह

काठमाडौँ — नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकसँग पुनः आग्रह गरेको छ । राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्ग दर्शन सच्याउन राष्ट्र बैंकलाई चेम्बरको पुनः आग्रह

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन आगामी कार्तिक १ गतेदेखि लागु गर्ने तयारी गरिरहेका बेला त्यसले व्यापार सहजीकरण तथा लगानीमैत्री वातावरणमा गम्भिर असर गर्ने व्यवसायीले बताएका छन् । ‘एक करोड रूपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सिमाले पुग्दैन,' चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, 'वार्षिक कारोबार बिक्रीको ५० प्रतिशत सम्म यो सिमा कायम गरिनुपर्छ ।’

चालु पुँजी मार्गदर्शन सम्बन्धी व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको भनाइ छ । राष्ट्र बैंकको अस्थिर नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरू सबैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले बताए । ‘यसअघि निश्चित ब्याजदरमा कर्जा लिएका ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण थप समस्यामा परेका छन्,' उनले भने, 'अधार दर अस्वभाविक रूपमा बढ्दा यसको मार ऋणीहरूमा परेको छ ।’

बेस रेट प्रिमियमा यसअघिको व्यवस्था अधिकतम १ दशमलव ५ प्रतिशत विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशत सम्मको सीमाले व्यवसायिक गतिविधी प्रभावित हुने र मुल्यवृद्धि झन् बढ्ने चेम्बर अध्यक्ष मल्ले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?