कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घरायसी सामग्रीमा छुटको उत्साह

नगद छुट होस् या आकर्षक अफर अथवा लक्की ड्र या बम्पर अफरका रुपमा कम्पनीहरुले सर्वसाधारणको मन तानिरहेका छन्, आफ्नो बिक्री बढाइरहेका छन्

काठमाडौँ — दसैं–तिहार र छठ पर्वलाई दृष्टिगत गरी घरायसी सामग्रीको बिक्रीवितरण गर्ने कम्पनीहरूले आफ्ना उत्पादनमा विभिन्न अफर ल्याउने क्रम तीव्र पारेका छन् । नगद छुट होस् या आकर्षक अफर अथवा लक्की ड्र या बम्पर अफरका रूपमा कम्पनीहरूले सर्वसाधारणको मन तानिरहेका छन्, आफ्नो बिक्री बढाइरहेका छन् । घरमा प्रयोग गरिने वासिङ मेसिन, माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर, इलेक्ट्रिक कुकर जस्ता विद्युतीय सामग्रीका कम्पनीले यस्ता अफर ल्याएका हुन् ।

घरायसी सामग्रीमा छुटको उत्साह

गोदरेजले आगामी दसैं–तिहारलाई लक्ष्य गरी होम अप्लायन्सहरूको खरिदमा ग्राहकले आकर्षक क्यासब्याक र उपहार पाउन सक्ने जनाएको छ । फ्रन्ट लोड वासिङ मेसिन किन्दा छुटका साथै ६ केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा २ केजी वासिङ पाउडर सित्तैमा दिइने कम्पनीको भनाइ छ । टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै ३ केजी वासिङ पाउडर पाइने कम्पनीले बताएको छ । माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर, एयर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाइने कम्पनीले जनाएको छ । गोदरेजको हरेक सामान खरिदमा अधिकतम २६ प्रतिशतसम्म छुट हुने कम्पनीको भनाइ छ ।

एलजीले पनि चाडपर्वलक्षित छुट र उपहार ल्याएको छ । एलजीले ‘चाडपर्वको समय उपहार र नगदमय’ नामक योजना ल्याएको हो । घरायसी र विद्युतीय सामग्रीमा नगद छुट तथा उपहार दिइनेछ । कम्पनीका अनुसार टीभी, साउन्डबार र होम अडियोको खरिदमा ग्राहकले छुट पाउनेछन् । साइडबाई साइड फ्रेन्च डोर रेफ्रिजेरेटर, इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजेरेटरको खरिदमा ग्यास स्टोभ वा ह्यान्ड ब्लेन्डर र सिंगलडोर रेफ्रिजेरेटरको खरिदमा नगद छुट पाउने एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

एलजी डिसवासर खरिदमा ग्राहकले डिसवासर किट, माइक्रोवेभ ओभन खरिद गर्दा किट र भ्याकुम क्लिनरको खरिदमा छुट पाउनेछन् । वासिङ मेसिन फ्रन्ट लोड ९ केजीमाथि वासर ड्रायरको खरिदमा इन्डक्सन कुकर वा फ्यान हिटर, वासिङ मेसिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेसिन टप लोडको खरिदमा फ्री ड्राई आइरन ग्राहकले पाउनेछन् । स्पिल्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले ४ हजारको सेवा पाउने कम्पनीले बताएको छ ।

भान्साको उपकरणका लागि प्रसिद्ध एलिका ब्रान्डले पनि दसैं अफर ल्याएको छ । नेपालमा एलिका उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गत ईओएल प्रालिले एलिका उत्पादनको खरिदमा ग्राहकलाई उपहार प्रदान गर्ने भएको हो । एलिकाको कुनै पनि सामान (चिम्नी, कुक टप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रोवेभ ओभन) को खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

५ वर्षदेखि नेपाली बजारमा उदाएको स्काइवर्थ होम अप्लायन्सले नेपाली बजारमा घरेलु उपकरणको व्यवसाय गर्दै आएको छ । केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले ‘क्यासब्याक दनादन, उपहार टनाटन’ योजना ल्याएको हो । ग्राहकले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउनुका साथै अन्य धेरै निःशुल्क उपहार प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यस्तै केन्ट आरओले पनि ‘दसैं–तिहार अफर : हरेक खरिदमा उपहार’ योजना ल्याएको छ । नेपालमा केन्ट उत्पादकहरूको आधिकारिक वितरक ईओएल प्रालिले चाडपर्वलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणमा परिचित केन्टले कुनै पनि आरओ खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिने जनाएको छ । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटनाशक उपकरण/डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन् । यो योजना भदौ १३ देखि देशभर सीमित अवधिका लागि रहेको कम्पनीको भनाइ छ । सामसङले समेत दसैं–तिहारको अवसरमा ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ नामक योजना ल्याएको छ ।

जसमा निःशुल्क जडानलगायत ग्राहकलाई खरिद मूल्यमा ३० प्रतिशतसम्म क्यासब्याक प्रदान गर्ने जनाएको छ । ग्राहकलाई टीभी, रेफ्रिजेरेटर वा वासिङ मेसिन खरिदका लागि यो समय उत्तम रहेको कम्पनीको भनाइ छ । यो अफर सामसङ टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा मात्र लागू हुने कम्पनीले जनाएको छ । सामसङको प्रिमियम रेन्जका टीभीमध्ये एउटामा अपग्रेड गर्दा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म ग्राहकले छुट, रेफ्रिजेरेटर खरिदमा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिदमा २२ प्रतिशतसम्म छुट दिइने कम्पनीको भनाइ छ ।

७५ इन्च वा त्यसभन्दा माथिको क्रिस्टल फोरके यूएचडी टीभी खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिनेछ । सामसङ फ्रेम टीभी पनि निःशुल्क साउन्डबारका साथमा १८ प्रतिशतसम्म छुटमा खरिद गर्न सकिनेछ । क्यूएलईडी टीभीको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट प्रदान गरिने कम्पनीको भनाइ छ । फाइभ इन वन कन्भर्टिबल रेफ्रिजेरेटरमा (३४५ देखि ५५१ लिटरसम्म क्षमताका मोडेलमा) कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टीको साथ पाइनेछ । कम्पनीका अनुसार ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजेरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ । एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरिएन्टमा २० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध छ । साथै ८ तथा ९ केजी क्षमताको हाइजिन स्टिमका साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीको भनाइ छ । सामसङ टीभीमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरूमा दिइएको छ । डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआईटी मोटर (वासिङ मेसिन) मा १० वर्षको वारेन्टी छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले ‘३ को झट्का’ नामक योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत २ भाग्यशाली ग्राहकले एप्पलको आइफोन १३ जित्न सक्नेछन् । तीन भाग्यशाली ग्राहकले एप्पलको आइप्याड १०.२ जित्न सक्नेछन् । बम्पर लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भीथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्ना सामानमा विभिन्न किसिमका वारेन्टी र निःशुल्क डेलिभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामान खरिद गरेपछि ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन ‘एसईएनएसईआई’ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?