भारतमा तेलको ट्यांकर रोकियो 

पर्वत पोर्तेल

काँकडभिट्टा — सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरुले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् । 

भारतमा तेलको ट्यांकर रोकियो 

बिहीबार राति राजस्व अनुसन्धानले अवैधरुपमा नेपाल भित्र्याइएको आरोपमा फलफूल र तरकारी बोकेका चार वटा गाडी मोरङको भाउन्नेबाट नियन्त्रणमा लिएको थियो । गाडी चालकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार पनि गरेको आरोप भारतीय चालकहरुको छ ।

मेची भन्सार प्रमुख केशव ओलीले तेल बोकेर नेपाल छिर्न लागेका करिब ४० वटा ट्यांकरलाई प्रवेशमा रोकिएको जनाए । उनका अनुसार ट्यांकर घेरेर भारतीय चालकहरुले विरोध गरिरहेका छन् ।

पानीटंकीका एक व्यापारीले करिव दुई घण्टादेखि ट्यांकरलाई अवरोध गरिएको र जलाउने धम्की पनि दिइएको छ । राजस्व अनुसन्धान कार्यालयका अधिकृत तीर्थ खनालले दादागिरी शैलीमा अवैधरुपमा नेपाल छिरेका भारतीय सवारीलाई पक्राउ गरि मुद्दा चलाइएको जनाए । ‘ती सवारीहरुले पटक-पटक यस्तो हर्कत गर्दै आएको पाइयो,’ खनालले भने ।

प्रकाशित : भाद्र ३१, २०७९ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?