‘तास क्यासिनोमा खेल्न ल्याइन्छ, यसबाट विदेशी मुद्रा भित्रिन्छ’ 

काठमाडौँ — तास नेपालीका लागि नभई विदेशी नागरिकले क्यासिनोमा खेल्ने र त्यसबाट विदेशी मुद्रा भित्रिने भएकाले आयात खुला गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेयले बताएका छन् । 

‘तास क्यासिनोमा खेल्न ल्याइन्छ, यसबाट विदेशी मुद्रा भित्रिन्छ’ 

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'आयात निषेध कि निर्यात वृद्धि' शीर्षकमा बोल्दै सचिव पाण्डेयले ठूलो परिमाणको तास आयात पनि नहुने र विदेशी मुद्रा पनि भित्रिने भएकाले केही सातादेखि आयात खुला गरिएको बताए । वैशाखमा सरकारले आयात रोक लगाएका १० वटा वस्तुमा तास पनि परेको थियो । भदाै दाेस्रो सातादेखि सरकारले तास लगायत केही वस्तुको आयात खुला गरेको छ भने गाडी, मोबाइल लगायत ४ प्रकारका वस्तुको आयातमा अझै पनि रोक लगाइएको छ । गत आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बराबरको मात्र आयात भएको सरकारी तथ्यांक छ ।

प्रकाशित : भाद्र २६, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?