कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार ८२ करोडमै खुम्चियो

काठमाडौँ — बुधबार पनि सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । परिसूचक दोहोरो अंकमा घट्दा कारोबार रकम भने ८२ करोड ६२ लाखमा खुम्चिएको छ । ११.९७ अंक घटेसँगै परिसूचक १९३९ अंकमा कायम भएको छ । कुल ३१ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १० को स्थिर रह्यो । 

दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार ८२ करोडमै खुम्चियो

बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स ११, होटल तथा पर्यटन २१, जलविद्युत् २१, जीवन बीमा ३६, उत्पादन ४, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ३३, अन्य ७ र ब्यापार उपसमूह ४६ अंक घटे । सनराइज म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै ७.७ तथा अपर हेवाखोलाको मूल्य ६.३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर, नेस्डो लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहे । बजारको कुल पुँजीकरण २७ खर्ब ८२ अर्बमा झरेको छ ।


प्रकाशित : भाद्र २२, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?