कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मुगुका खाद्य गोदाममा चामल सकिएपछि वितरण बन्द

राजबहादुर शाही

मुगु — जिल्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चामल सकिएपछि बिक्री वितरण बन्द गरिएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न ठेक्का स्वीकृत भइनसकेको  हुँदा गोदाममा चामल सकिएपछि बिक्री वितरण बन्द गरिएको कम्पनीका प्रमुख अधिकारी पुष्कर भामले बताए । 

मुगुका खाद्य गोदाममा चामल सकिएपछि वितरण बन्द

अहिले गमगढीस्थित मुख्य खाद्य गोदाममा ६ सय क्विन्टल चामल मात्र जगेडा छ । उक्त चामल पनि अति आवश्यकको लागि स्टक राखिएको उनको भनाइ छ । सोरु, पुलू श्रीकोट खाद्य डिपोमा पनि चामल सकिएपछि बिक्री वितरण बन्द गरिएको छ ।

जिल्लाभरका खाद्यान्न गोदाममा चामल सकिएपछि गरिब तथा विपन्न परिवार पनि ब्यापारीबाट महँगोमा ल्याएर चामल उपभोग गर्न बाध्य भएका छन् । चालु आर्थिक वर्षमा जिल्लाकाे गमगढीका लागि वार्षिक ११ हजार क्विन्टल, सोरुकोटको लागि १ हजार, पुलु डिपोमा १ हजार, श्रीकोट डिपोमा १ हजार ५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत भए पनि ठेक्का प्रकृयामा ढिलाई हुँदा उपभोक्ता मर्कामा छन् ।

चाँडो ठेक्का स्वीकृत गरी चामल ढुवानी गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । दसैँ अगाडि नै चामल ढुवानी प्रकृया सुरु हुने उनको भनाइ छ । ठेकेदारले प्रतिकेजी ६ रुपैयाँका दरले सुर्खेत, नेपालगञ्ज, राजापुरबाट सडकमार्फत खाद्यान्न ढुवानी गर्दै आएका छन् ।


प्रकाशित : भाद्र ९, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?