सहकारीलाई पुसभित्र साधारणसभा गरिसक्न विभागको निर्देशन (पूर्णपाठ सहित)- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सहकारीलाई पुसभित्र साधारणसभा गरिसक्न विभागको निर्देशन (पूर्णपाठ सहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदो पुसभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्न सहकारी संघसंस्थालाई  नियामक निकाय सहकारी विभागले निर्देशन दिएको छ । विभागले बिहीबार जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शनमा यो सहित १२ बुँदे निर्देशन उल्लेख छ ।

सहकारी संघसंस्थाको साधारणसभालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले मार्गदर्शन जारी गर्नु परेको विभागले जनाएको छ । ‘साधारणसभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्ने,’ मार्गदर्शनमा भनिएको छ, ‘सबै संघसंस्थाले २०७९ पुसभित्र साधारणसभा अनिवार्य रुपमा सञ्चालन गर्ने ।’ साभारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभाको निर्णको प्रतिलिपी, उपस्थितिको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन तथा फाराम प्रतिवेदन नियामक निकायमा अनिवार्य रुपमा पेश गर्न पनि विभागले निर्देशन दिएको छ ।

कोभिड- १९ को प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउने, सभामा नियामक निकायबाट दिइएका सुझाव तथा निर्देशन कार्यान्वयनका सम्बन्धमा छलफल गराउनेलगायत निर्देशन मार्गदर्शनमा छन् ।

प्रकाशित : भाद्र ९, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा चुनावमा ८७ दल सहभागी हुने

संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४
कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो ।

त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा चुनाव आगामी मंसिर ४ गते हुँदैछ ।

प्रकाशित : भाद्र ९, २०७९ १६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×