सेयर बजारका सबै सूचक बढे, नेप्से २०६८ अंकमा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सेयर बजारका सबै सूचक बढे, नेप्से २०६८ अंकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । बजारको परिसूचक नेप्से २७.७२ अंक बढेको छ । सो अंकको वृद्धिपछि २०६८ अंकमा पुगेको छ । कुल २ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो । हिजो १ अर्ब ४० करोडको कारोबार भएको थियो ।

बैंकिङ ७, विकास बैंक ११७, फाइनान्स ५३, होटल तथा पर्यटन ७, जलविद्युत् ७२, जीवन बीमा ५२, उत्पादन ५३, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा ५६, अन्य ३४ र व्यापार उपसमूह २२ अंक बढे ।

कुल १७१ कम्पनीको मूल्य बढ्यो भने १२ को घट्यो, ३ को स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मन्दकिनी हाइड्रो, अपर सोलु, स्वेतगंगा र अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा भने रिडी पावर, अपी पावर, शिवम् सिमेन्ट, अरुणकाबेली पावर र आईसीएफसी फाइनान्स क्रमश: अगाडि रहे ।



प्रकाशित : भाद्र २, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकता विधेयक ठिक छैन भन्ने सांसदलाई लागेको छ, पार्टी बन्धनले बोलेनन् : कांग्रेस सांसद चौधरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् । सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको चौधरीको भनाइ छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसलाई राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा सांसद चौधरीले आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरेपनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने बताइन् ।

'नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरौंला तर व्यक्तिगत हिसाबले, मेरो आत्माले ठिक मानेको छैन भन्ने कुरा राख्न चाहन्छु । किनभने आज सबै नागरिक आन्दोलित छन् । हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं ? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ । सात वर्ष ढिला गर्‍यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् । सात वर्षसम्म ढिलाइ कसको कारणले भयो ? त्यसको क्षतिपूर्ति कसले दिने ?,' उनले भनिन्, 'नागरिकता विधेयक ठिक छैन भन्ने धेरै सांसदलाई लागेको छ तर पार्टीको बन्धनले उहाँहरूले बोल्न सक्नुभएको छैन । पार्टीभन्दा माथि उठेर मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु ।'

सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता प्राप्त गर्ने समयावधि राख्नुपर्ने अधिकांका सांसदहरूको रहेको दाबी गरिन् । नेपालमा विवाह गरेर आउनेजतिलाई नागरिकता दिने व्यवस्था गर्न नहुने उनको धारणा थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना नगर्न पनि सांसद चौधरीले आग्रह गरिन् । उनले नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको कदम ठीक र संवैधानिक रहेको धारणा राखेकी थिइन् ।

प्रकाशित : भाद्र २, २०७९ १५:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×