१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सहकारीहरूलाई विभागको निर्देशन : घाटामा चलेका शाखा बन्द गर, खर्च घटाऊ

काठमाडौँ — समस्याग्रस्त सहकारीको संख्या बढ्न थालेपछि सहकारी विभागले घाटामा चलेका तथा विनायोजना खोलिएका शाखा कार्यालय बन्द गर्न सहकारीहरूलाई निर्देशन दिएको छ । केही सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न कठिनाई भएको भन्ने सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विभागले सुशासनमा ध्यान दिन भनेको छ ।

सहकारीहरूलाई विभागको निर्देशन : घाटामा चलेका शाखा बन्द गर, खर्च घटाऊ

घाटामा रहेका सहकारीलाई नाफा नहुञ्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न तथा सञ्चालकहरुको सुविधा कटौती गर्न विभागले निर्देशन दिएको छ । मितव्ययिता अपनाएर प्रशासनिक खर्च घटाउन तथा घरजग्गाजस्ता स्थिर सम्पत्तिमा सकेसम्म कर्जा लगानी नगर्न विभागले निर्देशन दिएको छ । विभागले भनेको छ ‘ऋण असुली प्रक्रियालाई प्राथमिकता दिई कार्ययोजना बनाई कार्यान्वन गर्नुपर्नेछ भने दीर्घकालीन स्रोत सुनिश्चित नगरी कर्जा लगानी नगर्नू ।’

त्यस्तै मासिक र वार्षिक विवरण समयमै नियामक निकायमा पठाउन, आवश्यक वित्तीय सूचनाहरु कोपोमिस प्रणालीमा प्रविष्ट गर्न विभागले निर्देशन दिएको छ । सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापकले संस्थाको नियमित कारोबार, तरलता, सम्पत्ति तथा दायित्वको नियमित जाँचबुझ गर्नुपर्ने विभागले जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?