१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हालसम्म ४२ जिल्लामा पूर्ण विद्युतीकरण, ९२.७१% जनसंख्यामा बिजुलीको पहुँच

काठमाडौँ — गत असार मसान्तसम्ममा ९२.५२ प्रतिशत जनसंख्यामा बिजुली सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार गत आर्थिक आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा प्रसारण प्रणालीबाट बिजुली सुविधा नपुगेको जनसंख्या ७.४८ प्रतिशत बराबर देखिएको हो ।

हालसम्म ४२ जिल्लामा पूर्ण विद्युतीकरण, ९२.७१% जनसंख्यामा बिजुलीको पहुँच

हालसम्म पूर्ण विद्युतीकरण गरिएका जिल्लाको संख्या ४२ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा पूर्ण विद्युतीकरण भएका जिल्लाको संख्या ३२ रहेकोमा गतवर्ष मात्रै थप १० जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ भित्रमा देशभरका सम्पूर्ण घरधुरीमा विद्युत् सेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

हाल प्राधिकरणको विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ५३ लाख २० हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा विद्युत् उपभोग गर्ने घरायसी ग्राहकको संख्या गत आर्थिक वर्ष ५.२५ प्रतिशतले बढेर ४७ लाख ७० हजार पुगेको छ । त्यस्तै सामुदायिकतर्फ ५ लाख ५० हजार ग्राहक रहेका छन् । यसरी कुल ग्राहक संख्यामध्ये गार्हस्थ्य वर्गको ९२.७१ प्रतिशत, औद्योगिक ग्राहक १.३६ प्रतिशत र अन्य वर्गका ग्राहक ५.९३ प्रतिशत रहेका छन् ।

गत वर्ष सौर्य प्लान्टसहित कुल ७ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै बढी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ नाफासमेत कमाएको जनाएको छ । हाल वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्न तथा नगरको सौन्दर्य कायम राख्नका लागि भन्दै काठमाडौं उपत्यकाका ११ वटै वितरण केन्द्रको मुख्य सडकमा र उपत्यका बाहिर पोखरा तथा भरतपुरमा पनि विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने काम भइरहेको छ । प्राधिकरणले यसै वर्षभित्र काठमाडौं उपत्यकाका सबै ग्राहकलाई स्मार्ट मिटर जडान गर्ने योजना बनाएको छ । यसैबीच नेपाल विद्युत् प्राधिकरणले बुधबार आफ्नो ३७ औं स्थापना दिवस मनाउँदैछ ।

प्रकाशित : भाद्र १, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?