१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आयात कडाइले विदेशी मुद्रा सञ्चितिमा देखियो सुधारको संकेत 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला महिना विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनअनुसार असार महिनामा विदेशी मुद्रा सञ्चिति ३९ अर्ब रुपैयाँ बराबर थपिएको छ । यसअघि जेठमा पनि ३० अर्ब रुपैयाँ बराबर यस्तो सञ्चिति थपिएको थियो ।

आयात कडाइले विदेशी मुद्रा सञ्चितिमा देखियो सुधारको संकेत 

गत आर्थिक वर्षको पछिल्ला दुई महिनामा ६९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थपिएको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । सवारीसाधन लगायतको आयातमा लागेको प्रतिबन्धका कारण विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको हो । तसर्थ आयात प्रतिबन्ध रहीरहँदा यसमा सुधार देखिनु सामान्य रहेको र यसलाई लिएर हाैसिनुपर्ने अवस्था नरहेकाे जानकार बताउँछन् । गत वैशाख १३ गतेदेखि सरकारले गाडी, विदेशी मदिरा लगायत विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध भदाै १४ गतेसम्मका लागि तोकिएको हो ।

जेठ र असारमा सुधार देखिए पनि समग्र एक वर्षको अवधिमा भने विदेशी मुद्रा सञ्चिति १३. १ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेकाेमा हाल १२ खर्ब १५ अर्बमा झरेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड डलर कायम भएको छ । बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : श्रावण ३१, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?