सरकारी कर्मचारीको तलब ८२ हजार ३५९ रुपैयाँसम्म, कसको कति ? (सूचीसहित) 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरेको हो ।

सरकारी कर्मचारीको तलब ८२ हजार ३५९ रुपैयाँसम्म, कसको कति ? (सूचीसहित) 

यसबारे अर्थ मन्त्रालयले आइतबार सूचना जारी गरी स्पष्ट पारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । सो अनुरुप मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान तय गरेको हो । नयाँ तलबमानअनुसार अब माथिल्लो पद मुख्य सचिवको तलब ८२ हजार २५९ रुपैयाँ कायम भएको छ । त्यस्तै कार्यालय सहयोगी प्रथमस्तरका कर्मचारीको तलब २६ हजार ३४८, द्धितीय स्तरको २७ हजार ८२० रुपैयाँ कायम भएको छ ।

यस्तो छ कर्मचारीको नयाँ तलबमान सूची

प्रकाशित : श्रावण ३१, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?