२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एलसी खोल्दा बैंकलाई वस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — अब वस्तु तथा सेवा आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा बैंक तथा वित्तीय व्यापारीले कागजातमा उल्लेख गरेको मूल्य र त्यो वस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

एलसी खोल्दा बैंकलाई वस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्न निर्देशन

यसअघि व्यापारीले काजगातमा उल्लेख भएको मूल्यकै आधारमा बैंक तथा वित्तीय संस्थाले एलसी खोल्दै आएका थिए । व्यापारीहरुले अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा कमको मात्र एलसी खोल्ने गरेको, एउटा वस्तुको नाममा अर्को वस्तु लिने गरेको लगायत कैफियतका आधारमा राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो ।

यसरी मूल्य विश्लेषणका लागि बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाइ वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र कागजातमा उल्लिखित मूल्यबीच तुलनात्मक विश्लेषण गर्दा यथार्थपरक देखिएमा मात्र विदेशी मुद्राको सटही सुविधा दिन, ड्राफ्ट, टीटी जारी गन वा प्रतीतपत्र खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तर ती वस्तुको अन्तर्राष्ट्रिय मूल्य केका आधारमा विश्लेषण गर्ने भन्ने आधार (मापदण्ड) छैन । यसकारण आयात हुने वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य विश्लेषणको मापदण्ड बनाउन पनि बैंकहरूले राष्ट्र बैंकलाई आग्रह गरेका थिए । आयात तथा निर्यात व्यापारको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सहयोग पुर्‍याउन भन्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

आयात बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टीटी जारी गर्दा वा प्रतीतपत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच विश्लेषण गरेर मात्र जारी गर्ने/खोल्नुपर्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?