कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ अंक बढ्यो सेयर बजार 

यी हुन् १० प्रतिशत मूल्य बढेका ७ कम्पनी 
कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार ५ दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल २ अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब ८७ करोडको कारोबार भएको थियो । 

५५ अंक बढ्यो सेयर बजार 

सबै उपसमूह बढेका छन् । बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढे । कुल १८० कम्पनीको मूल्य बढ्दा ४ को मात्रै घट्यो । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण ३०, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?