१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सेयर बजारका सबै सूचक घटे, नेप्से २०१० मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार पनि सेयर बजार राताम्मे भएको छ । सबै सूचकहरु ओर्लिएका छन् । परिसूचक नेप्से २७.९२ अंक घटेर २०१० अंकमा कायम भएको छ । कुल १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भयो ।

सेयर बजारका सबै सूचक घटे, नेप्से २०१० मा 

बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार उपसमूह ४७ अंक घटे । कुल १८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ३ को स्थिर रह्यो ।

अपर हेवाखोलाको मूल्य ८ प्रतिशत बढ्यो । कालिका पावर, सामलिङ पावर र जल्पा लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । हिमालयन डिस्टिलरीको ६, इमर्जिङको ५.८ र नेपाल लाइफको मूल्य ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्ट, स्वाबलम्वन लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण २९, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?