कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एक दिन बढ्दा ४ दिन घट्यो सेयर बजार 

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता सेयर बजारको परिसूचक नेप्से समग्रमा ७६ अंक घटेको छ । गत साता २११३ अंकमा रहेको नेप्से यो साता २०३७ अंकमा रहेर बन्द भयो । नेप्से एक दिन बढ्दा ४ दिन घटेको छ ।

एक दिन बढ्दा ४ दिन घट्यो सेयर बजार 

साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १०.२७ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से २१२३ अंकमा पुगेको थियो । दोस्रो दिन सोमबार फेरि नेप्से १७. ६७ अंक घटेर २१०६ अंकमा झऱ्यो । मंगलबार ४३.३५ अंक घट्यो भने बुधबार थप ५.११ अंक घटेपछि नेप्से २०५७ अंकमा ओर्लियो । बिहीबार १९ अंक घटेसँगै यो साता २०३७ अंकमा नेप्से अडियो । शुक्रबार भने सार्वजनिक विदाका कारण काराेबार भएन ।

नेप्सेसँगै कारोबार रकम साताको पछिल्ला दिनमा उच्च दरले घट्यो । आइतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ८५ करोड र मंगलबार २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । बुधबार १ अर्ब ९३ करोडमा झरेको कारोबार बिहीबार १ अर्ब ७६ करोडमा खुम्चियो । कारोबार रकम घट्नुले सेयर खरिदमा लगानीकर्ताको उत्साह नरहेको र बेच्नेहरु पनि धेरै नआत्तिएको संकेत गर्छ । यो साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा नागरिक लगानी कोष अगाडि रहे ।


प्रकाशित : श्रावण २७, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?