कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेयर बजारका सबै सूचक ओर्लिए, परिसूचक २०६२ अंकमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से २०६२ अंकमा झरेको छ । मंगलबार दिनभर कुल २ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ४३.३५ अंक घटेको हो । सबै सूचकहरु घटेका छन् ।

सेयर बजारका सबै सूचक ओर्लिए, परिसूचक २०६२ अंकमा 

बैंकिङ १८, विकास बैंक १२२, फाइनान्स ६०, होटल तथा पर्यटन ३४, जलविद्युत् ७८, जीवन बीमा १२२, उत्पादन ७०, माइक्रोफाइनान्स १२५, निर्जीवन बीमा १२३, अन्य ५८ र ब्यापार उपसमूहको सूचक ७० अंक घट्यो ।

कुल १७१ कम्पनीको मूल्य घट्दा ९ को बढ्यो भने एउटाको स्थिर रह्यो । हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य ६.३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण २४, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?