कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ)को बिक्रीका लागि आवेदन खुलेको छ । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि बाँडफाँट हुनेछ ।

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । प्रधान कार्यालय बागलुङ जिल्लामा रहेको यो लघुवित्तको आर्थिक वर्ष २०७७/७८ सम्म प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ ।


प्रकाशित : श्रावण २४, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?