कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सुनको भाउ एक महिनायताकै उच्च 

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सुनको भाउ एक महिनायताकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य असार २१ यताकै उच्च हो । असार २१ गते ९७ हजार ६ सयमा सुनको कारोबार भएको थियो । 

सुनको भाउ एक महिनायताकै उच्च 

सुनको मूल्य केही दिनयता फेरि उकालो लागेको छ । गत फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म घटेको थियो । चाँदीको मूल्य मंगलबार प्रतितोला १२४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । चाँदीको भाउ असार १५ गतेयताकै उच्च हो ।


प्रकाशित : श्रावण २४, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?