कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक सातामा बैंकहरूबाट बाहिरियो ४ अर्ब निक्षेप 

कान्तिपुर संवाददाता

काठमाडौँ — एक सातामा वाणिज्य बैंकहरूबाट ४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन १३ देखि २० गतेसम्मको अवधिमा ४ अर्ब निक्षेप घटेको हो । साउन १३ गते कुल ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २० गते ४४ खर्ब ४६ अर्बमा झरेको छ ।

एक सातामा बैंकहरूबाट बाहिरियो ४ अर्ब निक्षेप 

साउनको २० दिनमा भने बैंकहरुको निक्षेप झण्डै १ खर्ब घटेको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । पछिल्लो एक सातामा कर्जा प्रवाह २ अर्ब बढेको छ । साउन १३ गतेसम्म कुल ४१ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकोमा २० गतेसम्म ४१ खर्ब ६६ अर्ब पुगेको छ । यद्यपि साउनको २० दिनमा भने कर्जा प्रवाह ९ अर्ब घटेको छ । असार मसान्तसम्म कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब थियो ।


प्रकाशित : श्रावण २३, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?