कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हुन्डी कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध हुन्डीको कारोबार गर्ने ४ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विभागका अनुसार नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ घर भएका नवराज ढुंगाना, सोही स्थान घर भई बालाजुमा शिव सर्भिस मल्पिर्पोज प्रालि सञ्चालन गर्दै आएका फणिन्द्रप्रसाद ढुंगाना,  हाल जापान बस्दै आएका प्रज्वल ढुंगाना र बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका ३६ म्हैपी बस्ने सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो ।

हुन्डी कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वित्त बालाजुको संयूक्त टोलीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । ढुंगानासँग बरामद भएको रकमबारे थप अनुसन्धान गर्दा उक्त रकम अवैध हुन्डी कारोबारबाट आएको भेटिएको विभागले जनाएको छ । ढुंगानाबाट बरामद भएको रकमबारे अनुसन्धान गर्दै जाँदा अरु तीनजना पनि त्यसमा संलग्न देखिएका हुन् । उनीहरु चारै जनालाई ६९ लाख ९९ हजार बिगो र सोही बराबर जरिवाना माग दाबी गरिएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?