१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

१७ अंक ओर्लियो सेयर बजार

दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि 
कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७.६७ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २१०६ अंकमा झरेको छ । दिनभर कुल २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भयो । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । 

१७ अंक ओर्लियो सेयर बजार

बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा १०१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटे । उत्पादन उपसमूह भने ५ अंक बढ्यो ।

कुल ५० कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत बढ्यो । जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण २३, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?