२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१० अंक बढ्यो सेयर बजार 

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१२३ अंकमा कायम भएको छ । कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो ।

१० अंक बढ्यो सेयर बजार 

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार उपसमूह ३८ अंक बढे । जीवन बीमा भने ४ अंक घट्यो । कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण २२, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?