१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुशासन कायम गर्न बिमा कम्पनीहरूलाई समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — बिमा कम्पनीहरूमा उत्कृष्ट स्तरको सुशासन कायम गर्न बिमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् ।

सुशासन कायम गर्न बिमा कम्पनीहरूलाई समितिको निर्देशन

बिमितहरूले समयमा दाबी भुक्तानी नपाएको, सुशासनमा समस्या देखिएको, वित्तीय वितरण तोकिएको समयमा प्रकाशित नगरिरहेको बेला समितिका अध्यक्ष सिलवालले उक्त निर्देशन दिएका हुन् । समसामयिक विषयमा निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समितिले शुक्रबार अन्तरक्रिया कार्यक्रममा गरेको थियो ।

अन्तरक्रियामा समितिका अध्यक्ष सिलवालले आफूहरूले बिमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको र त्यसमा कम्पनीहरूको सहयोग आवश्यक रहेको बताएका थिए । ‘बिमा क्षेत्रमा कहाँ-कहाँ कमी कमजोरीहरू छन् भन्ने बिमा समितिले देखाइ दिएको छ, त्यस्ता कमीकमजोरीहरूलाई दोहोरिन नदिई सुधार गरेर अघि बढ्नुपर्‍यो,’ उनले भने, ‘सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बिमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बिमा दाबी भुक्तानी गर्न पछि हट्नु भएन ।’

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बिमा व्यवसायमा देखिएका समस्याका बारेमा छलफल गरी तिनको समाधान गर्दै जानुपर्ने बताए । ‘विशेष गरी कृषि तथा पशुपन्छी बिमामा दाबी भुक्तानी नपाएको भन्ने धेरै गुनासाहरू आउने गरेको र सम्पत्ती बिमा, सामुन्द्रिक बिमा तथा दुर्घटना बिमामा पनि समस्या देखिएका छन्,’ उनले भनिन्, ‘ती समस्याहरूको समाधान तत्कालै खोज्नुपर्छ ।’ कार्यक्रममा बिमा क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा छुट्टाछुट्टै कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

प्रकाशित : श्रावण २१, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?