१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अनलाइन गेमिङमा एसियाली देशहरू विश्वमै अगाडि

एजेन्सी

काठमाडौँ — अनलाइन/भिडियो गेमिङको क्षेत्रमा एसियाली देशहरू विश्वमै सबैभन्दा अगाडि रहेको पाइएको छ । गेमिङमा सक्रिय १० देशको सूचीमा एसियाबाट मात्रै जापान, दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र भारत गरी ६ देश परेका छन् । यीमध्ये पहिलो नम्बरमा छ, जापान ।

अनलाइन गेमिङमा एसियाली देशहरू विश्वमै अगाडि

हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार ट्वीटरमा गेमिङसम्बन्धी सबैभन्दा बढी गफगाफ गरिने देश जापान हो । ट्वीटरका सबैभन्दा धेरै ७ करोड ७० लाख प्रयोगकर्ता रहेको संयूक्त राज्य अमेरिका गेमिङका सन्दर्भमा दोस्रो स्थानमा छ । अमेरिकाभन्दा २० लाख कम ट्विटर प्रयोगकर्ता रहेको जापानमा गेमिङका विषयमा सबैभन्दा बढी चर्चा हुने गरेको छ ।

द फोर्ब्सको समाचारअनुसार दक्षिण कोरिया, थाइल्यान्ड र इन्डोनेसिया क्रमशः तेस्रो, चौथो र पाँचौं एसियाली देश हुन्, जहाँ गेमिङ चर्चित छ । छैटौं स्थानमा ब्राजिल छ भने सातौं र आठौंमा क्रमशः फिलिपिन्स र ब्राजिल छन् । नवौं नम्बरमा बेलायत र दशाैंमा मेक्सिको छ । यी देशका मानिस गेमिङमा अत्यन्तै सक्रिय रहेको ट्वीटरको तथ्यांक छ ।

तस्वीर स्रोत: फोर्ब्स डट कम

सबैभन्दा धेरै ट्विट भएका भिडियो गेममध्ये गेनसिन इम्प्याक्ट पहिलो नम्बरमा छ । चिनियाँ भिडियो गेम निर्माता मिहो योले बनाएको यस रोल प्लेइङ गेममा खेलाडीले एनिमे शैलीको पात्र बनेर एक काल्पनिक दुनियाँका रहस्य खोतल्दै जानुपर्छ । पछिल्लो छ महिनादेखि यो गेम ट्विटरमा सबैचन्दा चर्चित रहँदै आएको छ । दोस्रो चर्चित गेमका रूपमा वर्ल्डल छ । यो पजल गेम हो । तेस्रोमा इन्सेम्बल स्टार्स, चौथोमा फाइनल फ्यान्टासी र पाँचौंमा प्रोजेक्ट सेकाइ छन् । चर्चित १० गेमको सूचीमा यसपालि थपिएको नयाँ गेम हो, एल्डेन रिङ । यसले ई–स्पोर्टसको चर्चित भलोरान्ट र लिजेन्ड अफ जेल्डाजस्ता गेमलाई पछि पारेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?