कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भ्याट रकम र कारोबार छलेको अभियोगमा २ जनाविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — राजस्व अनुसन्धान विभागले भ्याट रकम दाखिला नगरेको र कारोबार समेत लुकाएको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही सांस्कृतिक नगरपालिकास्थित बुद्धनगर स्थायी ठेगाना भएका साझा रेस्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र सोही नगरपालिका कालिमाटी बस्ने विष्णु यादवविरुद्ध विभागले उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

भ्याट रकम र कारोबार छलेको अभियोगमा २ जनाविरुद्ध मुद्दा दायर

साझा रेस्टुरेन्टको सम्पूर्ण कारोबार पेश नगरेको, भ्याटमा दर्ता भई कारोबार गर्नुपर्नेमा नगरेको, ठूलो बिक्रीलाई कारोबारबाहिर राखेर लुकाएको विभागले जनाएको छ । यी यादवद्वयले मूल्य अभिवृद्धि र आयकरतर्फ गरी कुल १ करोड ८ लाख ३६ हजार राजस्व चुहावट गरेको भन्दै विभागले शतप्रतिशत जरिवाना र ब्याजसमेत असुलउपरको माग दावी गरेको हो ।


प्रकाशित : श्रावण २०, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?