सेयर बजारका सबै सूचक ओर्लिए- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सेयर बजारका सबै सूचक ओर्लिए

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजारको परिसूचक नेप्से ३८.६१ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २१४८ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भयो ।

बैंकिङ २०, विकास बैंक १००, फाइनान्स ५८, होटल तथा पर्यटन ९०, जलविद्युत् ५८, जीवन बीमा १६७, उत्पादन ७१, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ४८, अन्य ३७ र ब्यापार उपसमूह १२० अंक घटे ।

कुल १९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको ५. ३ प्रतिशत बढ्यो । युनाइटेड इदी मर्दीको मूल्य साढे ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपी पावर, युनिभर्सल पावर र गोर्खा फाइनान्स क्रमश: अगाडि रहे । बजारको कुल पुँजीकरण ३० खर्ब ६५ अर्ब कायम भएको छ ।


प्रकाशित : श्रावण १९, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थप ७६० मा कोरोना, ३२४ जना संक्रमणमुक्त 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ५८९ पीसीआर परीक्षणमा  ४९४ र ३ हजार ३३७ एन्टीजेन परीक्षणमा २६६ जना संक्रमित फेला परेका छन् ।  

२४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×