१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

उकालो लाग्यो सुनको भाउ, दुई सातामै ३ हजार १ सय बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य फेरि उकालो लागेको छ । दुई साताअघि साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म झरेको सुन आज बिहीबार ९६ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिन (बुधबार)को तुलनामा ८ सय महँगो हो । बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

उकालो लाग्यो सुनको भाउ, दुई सातामै ३ हजार १ सय बढ्यो 

गत फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको रेकर्ड बनाएको सुन क्रमश: घट्दै साउन ५ गते ९३ हजारसम्म झरेको थियो । तर पछिल्ला दिनमा फेरि सुनको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र नेपाली मुद्रा समेत डलरसँग अवमूल्यन हुँदा सुन महँगिएको हो । चाँदीको मूल्य पनि बढेको छ । साउन ५ गते प्रतितोला ११५५ रुपैयाँमा कारोबार भएको चाँदी दुई सातामै बिहीबार १२१० पुगेको छ । चाँदीको मूल्य पनि गत फागुन २५ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।


प्रकाशित : श्रावण १९, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?