कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

असारमा तिर्नुपर्ने बैंकको साँवा/ब्याज असोजसम्म तिरेमा हर्जाना नलाग्ने 

कोरोना प्रभावित व्यवसायीलाई दिइएका सुविधा हटे
कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गर्न पाउने भएका छन् ।

असारमा तिर्नुपर्ने बैंकको साँवा/ब्याज असोजसम्म तिरेमा हर्जाना नलाग्ने 

असोज मसान्तसम्म भुक्तानी गरेमा बैंकले थप हर्जाना तथा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । त्यस्तै बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हाल यो व्यवस्था थिएन ।

त्यस्तै कोरोना प्रभावित व्यवसायीका लागि दिइएका सबैजसो बैंकिङ सुविधा हटाइएको छ । राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी वर्गीकरण गर्दै कर्जा पुनर्तालिकीकरण तथा ब्याज पुँजीकरण, चालु पुँजीमा थप २० प्रतिशतस्म कर्जा प्रवाहजस्ता सुविधा दिएको थियो । यी सुविधाका साथै भुक्तानी समयावधिका सहुलियत हटेका छन् ।



प्रकाशित : श्रावण १८, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?