अब ५ लाख रुपैयाँसम्मको निक्षेप बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बिमा (सुरक्षण) हुने भएको छ । आइतबार पुनर्बहालीपछि अर्थमन्त्री जनार्दन शर्माले ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेको हुन् । यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने व्यवस्था थियो ।

अब ५ लाख रुपैयाँसम्मको निक्षेप बिमा

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो । बजेटको व्यवस्था बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषले नियमावली संशोधन गरी स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । अर्थमन्त्रीमा पुनर्बहालीपछि पहिलो निर्णयका रुपमा शर्माले सोही नियमावली स्वीकृत गरेका हुन् ।

प्रकाशित : श्रावण १५, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?