कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नारायणगढ - बुटवल सडकको दुर्गतिबारे छानबिन गर्न सरकारलाई निर्देशन 

आयोजनाको समयावधि सकिँदा जम्मा १८ प्रतिशत प्रगति 
कान्तिपुर संवाददाता

काठमाडौँ — नारायणगढ–बुटवल सडक स्तरोन्नतिको समयावधि सकिनै लाग्दा भौतिक प्रगति भने १८.४४ प्रतिशत मात्र छ । ठेक्का भएको चार वर्षसम्म पनि दुर्गति अवस्थामै रहेको यस सडकका सम्बन्धमा सबैतिर प्रश्न उठ्न थालेको छ । जनगुनासो बढेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बुधबार यसबारे छलफल गरेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक आयोजना र सम्बद्ध पदाधिकारीसँग यसबारे छलफल गरेको हो । 

नारायणगढ - बुटवल सडकको दुर्गतिबारे छानबिन गर्न सरकारलाई निर्देशन 

आयोजना नै सम्पन्न हुनुपर्ने समयावधिमा पनि निराशाजनक काम हुनुले आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै समितिले गम्भीरतापूर्वक छानबिन गर्न र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आगामी दिनमा आयोजनाको लागत नबढ्नेगरी निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्न तत्काल समीक्षा गरी उपयुक्त निर्णय लिन निर्देशन दिएको हो ।

एसियन हाइवेका रुपमा स्तरोन्नतिको कार्य अगाडि बढाइएको उक्त सडकमा समितिले गम्भीरतापूर्वक चासो लिई स्थलगत अनुगमनमा देखिएका समस्याहरु समाधानका लागि २०७८ माघ २८ गतेको बैठकबाट निर्देशन दिइसकेको छ । उक्त सडकलाई दुई खण्डमा गरेर ठेक्का गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण थालिएको आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै समिति सदस्यहरुले चाँडो सक्ने गरी काम गराउनुपर्नेमा जोड दिए । १ सय १३ किलोमिटर दूरी रहेको उक्त सडकको ठेक्का रकम ११६ अर्ब ९९ करोड रुपैयाँ छ । दुबै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।

प्रकाशित : श्रावण ११, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?