कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अर्थतन्त्र थप बिग्रन नदिई ट्र्याकमा ल्याउन पहल गरौं : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले अर्थतन्त्रको अवस्था बिग्रदै गएकाले सुधारका लागि सबै क्षेत्र, निकाय र पक्षबाट पहल गरिनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै आइतबार प्रधानमन्त्री देउवाले अहिले अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै चाप रहेको बताए ।

अर्थतन्त्र थप बिग्रन नदिई ट्र्याकमा ल्याउन पहल गरौं : प्रधानमन्त्री 

'अहिले विदेशी मुद्रा सञ्चिति घट्दो छ । व्यापार घाटा बढिरहेको छ', देउवाले भने, 'मुलुकको अर्थतन्त्र थप बिग्रन नदिन र ट्र्याकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न चाहन्छ।' बिलासिताका वस्तु आयात रोक्ने र स्वदेशमै उत्पादन हुने वस्तु प्रवर्द्धनमा सरकारले जोड दिएको पनि उनले बताए । 'विलासिताका वस्तु र सेवालाई निरुत्साहित गर्ने नीति सरकारले लिएको छ । उद्योग व्यापारका लागि सहज वातावरण बनाउन नीतिगत, संरचनागत र कार्यगत सबैखालका सहयोगमा सरकारले निरन्तरता दिनेछ', प्रधानमन्त्री देउवाले भने ।

प्रत्यक्ष लगानी बढाउने, पर्यटन क्षेत्र चलायमान बनाउने, व्यापार घाटा घटाउने, बिजुलीको प्रयोग बढाई पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने लागायत क्षेत्रगत नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारले अनुकुल वित्त र मौद्रिक नीतिको कार्यान्वयन गरिरहेको पनि उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?