कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
मौद्रिक नीति 

स्टार्टअपलाई कर्जा दिन वैकल्पिक स्रोत खोजिने

काठमाडौँ — सरकारले स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरुपहरूको अध्ययन गर्ने भएको छ । यसमा पियर टु पियर लेन्डिङ, क्राउड फन्डिङजस्ता वैकल्पिक स्रोतको अध्ययन गर्ने भनिएको छ । 

स्टार्टअपलाई कर्जा दिन वैकल्पिक स्रोत खोजिने

शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा यसबारे उल्लेख रहेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी गराएका हुन् । यसअघि बजेट वक्तव्यमा पनि स्टार्टअप व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भनिएको थियो ।

सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि यसपाली २६ करोड रुपैयाँ विनियोजन गरेको छ । सूचना प्रविधिमा आधारित भएर सञ्चालन गरिने नविन सोच सहितका नवउद्यमलाई चौतर्फी सहयोग पुर्‍याउने सरकारको लक्ष्य छ ।

स्टार्टअपमा गरिएको लगानीको प्रभाव मूल्यांकनसमेत गरिने बजेट भाषणमा भनिएको थियो । मौद्रिक नीतिमा चाहिँ लगानीका वैकल्पिक स्रोत पहिल्याउने भनिएको छ ।

प्रकाशित : श्रावण ६, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?