उद्योग र व्यापारमा फरक ब्याजदर कायम गरिने

काठमाडौँ — चालु आर्थिक वर्षमा उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा उक्त घोषणा गरिएको हो ।

उद्योग र व्यापारमा फरक ब्याजदर कायम गरिने

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि उत्पादन र अनुत्पादन क्षेत्रबीच प्रवाह हुने कर्जामा फरक ब्याजदर कायम गर्नुपर्ने घोषणा गरेको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै राष्ट्र बैंकले मौद्रिक नीतिमा उद्योग र ब्यापारमा फरक ब्याजदर कायम गर्ने बताएको हो ।

हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत विदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने माैद्रिक नीतिमा उल्लेख छ।


प्रकाशित : श्रावण ६, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?