१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सीआरआर र एसएलआरको सीमा बढ्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकमा बैंकहरुले राख्नुपर्ने नगद मौज्दात अनुपात (सीआरआर रेसियो)को सीमा बढेको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सीआरआरको रेसियो १ प्रतिशत बिन्दुले बढाइएको घोषणा गरे ।

सीआरआर र एसएलआरको सीमा बढ्यो

हाल ३ प्रतिशत रहेको सीआरआर अब ४ प्रतिशत कायम भएको छ । आगामी भदौ १ गतेदेखि ४ प्रतिशतको यो व्यवस्था लागू हुने उनले बताए । त्यस्तै वैधानिक तरलता अनुपात (एसएलआर)को सीमा पनि बढाइएको छ । अब एसएलआर वाणिज्य बैंकहरुका लागि १२ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुका लागि १० प्रतिशत कायम भएको छ ।

हाल एसएलआर वाणिज्य बैंकका लागि १० प्रतिशत, विकास बैंकका लागि ८ र फाइनान्सका लागि ७ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकहरुले यो व्यवस्था लागू गर्नुपर्नेछ । यी तरलता अनुपातका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थप कसिलो हुने भएको छ ।


प्रकाशित : श्रावण ६, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?